सुर्खेतमा एम्बुलेन्स सेवा सहज बनाउन जिपिएस प्रविधि सुरु
भेरीगङ्गा । कर्णाली प्रदेशमा एम्बुलेन्स सेवालाई सहज तुल्याउन जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिको जडान गरिएको छ । नागरिकलाई स्वास्थ्य संस्थासम्म पहुँच पुर्याउन र सेवा सहज तुल्याउन प्रदेशभर नै एम्बुलेन्समा सो प्रविधि जडान गरिएको हो ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालय प्रादेशिक प्रेषण केन्द्रले आज एक कार्यक्रमको आयोजना गरी यस विषयमा जानकारी गराएको हो । एम्बुलेन्स सेवाको लागि अब प्रदेशका जुनसुकै स्थानबाट पनि पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर बिरामीले सेवा लिन सक्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले जानकारी दिए ।
तत्काल अस्पताल पुर्याउनुपर्ने बिरामीलाई एम्बुलेन्सको सहज सेवा प्रवाह हुने महाशाखा प्रमुख शाहीले १०२ नम्बरमा फोन गर्ने वित्तिकै जिपिएस जडान गरिएका एम्बुलेन्सबाट सेवा प्रदान गरिने जानकारी दिए । प्रदेशमा रहेका सबै एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्नको लागि निर्देशिका जारी गरिएको उनको भनाइ छ ।
कर्णाली प्रदेशभर अहिले ८७ वटा एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये ४१ वटा एम्बुलेन्समा जिपिएस प्रणाली जोडिएको र अन्य बाँकी एम्बुलेन्सलाई पनि जिपिएसमा जोड्ने तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशालयका निर्देशक डा रबिन खड्काले कर्णालीमा अहिले एम्बुलेन्स पर्याप्त नरहेको बताउँदै एम्बुलेन्स खरिद प्रक्रियालाई पनि अगाडि बढाइने बताए । बिरामीले एम्बुलेन्स नपाउने अवस्था नआउने दाबी गरे ।
कर्णालीमा ‘क’ वर्गका एम्बुलेन्सको सङ्ख्या दुईवटा रहेको छ भने अधिकांश एम्बुलेन्स ‘ग’ वर्गका रहेको जनाइएको छ । एम्बुलेन्सको भाडादर भने जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार तोकिने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण