जाजरकोट भूकम्प
जाजरकोट भूकम्प : रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुग्यो
शनिबार, १८ कात्तिक २०८०, ०२ : २७
सुर्खेत । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुगेको छ । आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार नगरपालिकाको वडा नं ११ मा ६ जना, वडा नं १३ मा ३ जना, वडा नं १४ मा ९ जना र वडा नं १२ मा ४ जना गरी २२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको हो ।
उपप्रमुख शाहीले भनिन्, ‘ठुलै मानवीय क्षति भएको छ,’उनले रातोपाटीसँग भनिन्,‘ थुप्रै घाइतेहरूलाई अस्पतालमा लाने काम भइरहेको छ ।’ प्रहरीका अनुसार रुकुम पश्चिममा ठुलो मात्रामा घरहरूमा क्षति भएको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण