जाजरकोट भूकम्प : रुकुम पश्चिममा १४ जनाको मृत्यु
सुर्खेत । शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा १४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमका डीएसपी नवराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकाको वडा नं ११ मा ७ जना, वडा नं १२ मा ४ जना र वडा नं १३ मा ३ जनासहित १४ जनाको मृत्यु भएको हो l
‘ठुलो मानवीय क्षति भएको छ,’ उनले भने,‘ घाइतेहरूको उद्धार गर्ने, अस्पताल पुर्याउने काम भइरहेको छ ।’ भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भएर सो भूकम्प गएको थियो ।
प्रहरीका अनुसार रुकुम पश्चिममा ठुलो मात्रामा घरहरूमा क्षति भएको छ । जिल्लाको पश्चिम क्षेत्रतर्फ बढी क्षति भएको खबरहरू आइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार आठविसकोट नगरपालिकामा धेरै मानवीय क्षति भएको छ।’
आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भनिन्, ‘ठुलै मानवीय क्षति भएको छ,’उनले रातोपाटीसँग भनिन्,‘ थुप्रै घाइतेहरूलाई अस्पतालमा लाने काम भइरहेको छ ।’
भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरूमा घरहरूमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले हालसम्म कम्ती १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताएका छन् । ‘हामी घटनास्थलमै छौँ, यहाँ नेटवर्कले काम गरिरहेको छैन,’ उनले भने,‘ सयौँ घरहरूमा क्षति भएको छ ।’
जाजरकोटका डीएसपी सन्तोष रोकाले सदरमुकाम खलङ्गामै पनि ठुलो मात्रामा घरहरू क्षति भइरहेको बताए । त्यहाँ अहिले प्रहरी उद्धारमा खटिएको छ । स्थानीयहरूले उद्धारका लागि सामाजिक सञ्जालमा आह्वानसमेत गरेका छन्। प्रहरीले भूकम्पबाट घर भत्केर सयौँ मानिसहरू घाइते भएको अनुमान गरेको छ ।
जाजरकोटबाट निर्वाचित भएका कर्णाली सरकारका अर्थमन्त्री बेदराज सिंहले उद्धारका लागि प्रहरीदेखि सेनालाई समेत खटाइसकिएको जानकारी दिए । यद्यपि जाजरकोटमा नेटवर्कले समस्या दिइरहेको छ ।
जाजरकोट प्रशासनले जिल्लाका विभिन्न सरोकारवाला निकायहरू राहत तथा खोज उद्धारका लागि खटिन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण