उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न राप्रपाको अपिल
शनिबार, १८ कात्तिक २०८०, ०८ : ४७
काठमाडौँ । राप्रपाले जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न अपिल गरेको छ ।
‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न सङ्घसंस्थालाई राप्रपा अपिल गर्दछ । साथै, भूकम्प प्रभावित क्षेत्रमा गई उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोध गर्दछौँ’, प्रवक्ता मोहन श्रेष्ठद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडॅाडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम लगायत पश्चिम नेपालको विभिन्न स्थानमा ठुलो संख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपाले दुःख प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण