जाजरकोट भूकम्प
कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय
शनिबार, १८ कात्तिक २०८०, ०८ : ५३
सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ।
शनिबार बिहान बसेको विपद् व्यवस्थापन समिति आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए।
उनका अनुसार उद्धारका लागि सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको छ, आवश्यकता अनुसार बजेट खर्च गरेर शोधभर्ना गर्नेगरि बजेट खर्चसम्बन्धी व्यवस्था मिलाइएको छ।
मन्त्री जिसीका अनुसार प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एअरवेशमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण