जाजरकोट अस्पतालमा बिरामीलाई ढाडस दिएर रुकुम पश्चिम लागे प्रधानमन्त्री
शनिबार, १८ कात्तिक २०८०, १० : १७
सुर्खेत । शनिबार बिहानैदेखि जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकन तथा उद्धारमा खटिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्को प्रभावित क्षेत्र रुकुम पश्चिमतिर लागेका छन् ।
जाजरकोटमा रहँदा उनले भूकम्पको क्षति र उद्धारबारे अनुगमन गर्नुको साथै अस्पताल पुगेर बिरामीहरूलाई ढाडस दिने काम गरेका थिए ।
लगत्तै उनी दोस्रो बढी प्रभावित जिल्ला रुकुम पश्चिम केन्द्रित भएका हुन् । प्रचण्ड आजै बिहान सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण