सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

कांग्रेसले भूकम्प पीडितका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने

शनिबार, १८ कात्तिक २०८०, १० : ५२
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएका हुन् । 

कांग्रेसले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोट लगायतका जिल्लामा ठूलो क्षति भएको जनाउँदै स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुल्ला ह्दयले मानवीय सेवामा जुट्न समेत आग्रह गरेको छ ।

congress

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप