जाजरकोट भूकम्पका पीडितलाई सहयोग गर्न विश्वभरका नेपालीलाई पूर्वउपराष्ट्रपति पुनको आग्रह
काठमाडौँ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले जाजरकोट केन्द्र विन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरूलाई सहयोग गर्न विश्वभर रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । शनिबार बिहान विज्ञप्ति जारी गर्दै पूर्वउपराष्ट्रपति पुनले भूकम्प पीडितहरूको उद्धार, राहत, पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेका हुन् ।
पूर्व उपराष्ट्रपति पुनले जाजरकोट भूकम्पबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले भूकम्पमा परी घाइते भएकाहरूको उद्धार र उपचारका लागि सरकारका विभिन्न निकायले देखाएको तदारुकताको प्रशंसा गरेका छन् । उनले घाइतेहरूको उपचार, भूकम्पमा परेकाहरूको उद्धार, राहत, घर भत्किएकाहरूको उचित बसोबास र खाद्यान्नको व्यवस्था गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्व उपराष्ट्रपति पुनले नेपाल भूकम्पको उच्च जोखिममा रहेको भन्दै भूकम्पलगायत सम्भावित प्राकृतिक विपत्बाट बच्न तथा कम क्षतिका लागि पूर्वतयारमा ध्यान दिनसमेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण