आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह

शनिबार, १८ कात्तिक २०८०, १३ : ५०
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री  नारायणकाजी श्रेष्ठसँग गए राति जाजरकोट केन्द्रबिन्दु भएर गएको  भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पले गरेको धनजनको क्षतिको बारेमा जानकारी लिँदै  पीडितको, राहत तथा घाइतेहरूको  शीघ्र उपचारमा तीव्रता दिन आग्रह गर्नुभएको राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग शनिवार टेलिफोन गरेर पौडेलले सो आग्रह गर्नुभएको हो । पौडेलले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गर्नुभएको थियो । राष्ट्रपति पौडेलले यसअघि बिहान भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताउँदै विपद्को यस घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुट्न सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आम नागरिकलाई अपिल गरेका थिए । 

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यराती ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठुलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकुम पश्चिममा जिल्लामा गरी कम्तीमा १३६ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप