भूकम्पबाट भएको धनजनको क्षतिप्रति मधेस केन्द्रित दलद्वारा दुःख व्यक्त
काठमाडौँ । गएराति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पमा परी मृत्यु भएकाप्रति मधेश केन्द्रीत दलका नेताहरुले श्रद्धाञ्जली तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले भुकम्पले भएको जन –धनको क्षतिले आफूलाई स्तब्ध बनाएको बताएका छन् । उनले क्षतिग्रस्त ठाउँमा तत्काल उद्धार र राहतमा जुट्न सरकारलाई लगायत सबैमा उनले आग्रह गरेको छ । त्यस्तै, जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले भुकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो जन–धनको क्षतिले मर्माहत बनाएको जनाएका छन् ।
क्षतिग्रस्त ठाउँमा तत्काल उद्दार र राहतको व्यवस्था गर्न सरकार तथा बिभिन्न सामाजिक संघसँस्थासँग आग्रह गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पश्चिम नेपालको जाजरकोटलाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी भएको धनजनको क्षतिप्रति पार्टीले दुख व्यक्त गरेको जनाएका छन् । जनमत पार्टीले दुख व्यक्त गर्नुको साथै राहत र उद्धार कार्यमा जुट्न सबैसँग अपिल समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण