शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब भूकम्प पीडितलाई

शनिबार, १८ कात्तिक २०८०, १७ : ५७
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने घोषणा गरेका छन् । 

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका हुन् । 

शुक्रबार  ११.४७ बजेको  समयमा गएको ६.४ म्याग्निच्युटको  भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ । 

अध्यक्ष तिमिल्सनाले प्राकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनर्स्थापनामा जुट्न सबैलाई आग्रह पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप