दीपावलीका लागि पाला बनाउँदै कुमाल समुदाय (तस्बिरहरु)
विराटनगर । आउँदै गरेको तिहार र छठलाई लक्षित गर्दै मोरङको रङ्गेली र सुनवर्षीका कुमाल समुदायलाई माटोका सामग्री बनाउन भ्याइनभ्याई छ । लक्ष्मीपूजा र छठमा बढी प्रयोग हुने दियो, कलश, पाला, ढक्ना जस्ता सामग्री बनाउन उनीहरू व्यस्त बनेका हुन् ।
रङ्गेलीस्थित आमगाछी र सुनवर्षी नगरपालिकाको कदमगाछीमा २४ घरधुरी कुमाल समुदायका पण्डित जातिको बसोबास छ । उनीहरूले माटोबाट दियो, घैला, सिया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढक्ना, दलिया, पाला, कलश जस्ता सामग्री निर्माण गरी बिक्रीबाट जीविकोपार्जन गर्दै आएका छन् ।
तिहार र छठमा यी सामग्रीको विशेष माग हुने भएका कारण दसैँसँगै उनीहरूले ध्यान यही कामका लागि केन्द्रित गर्दै आएका हुन् । लक्ष्मीपूजाका दिन घर वरिपरि पाला बालेर झिलिमिली बनाइने चलन छ । यसका लागि माटोको दियो शुद्ध हुने विश्वास छ । त्यही दियोमा बत्ती बालेर लक्ष्मीलाई स्वागत गर्ने हिन्दुहरूको परम्परा छ ।
१० वर्षयता यही काम गरेर आफूले गुजारा चलाउँदै आएको बिरेन पण्डित बताउँछन् । माटो, पराल र दाउरा किन्नुपर्दा अपेक्षा गरे जति कमाइ नहुने सुरेश पण्डित बताउँछन् । माटोका सामग्री मेहनत गरी बनाएपछि त्यसलाई घाममा २४ घण्टा र आगोमा ७२ घण्टासम्म पकाउनु पर्छ ।
तिहारका लागि दियो र घडाको माग बढी हुन्छ । छठमा समेत तिहारमा जतिकै सामग्रीको माग हुने गरेको छ । अहिले एक दर्जन पाला ६० रुपैयाँमा बिक्री हुन्छ ।
रङ्गेली नगरपालिका उपप्रमुख झुमा पराजुलीका अनुसार नगरपालिकाभित्र रहेका १२ घरधुरी परिवारलाई लक्षित गरेर माटाका भाँडा बनाउँदा माटो मुछ्नेलगायतका कामका लागि नगरपालिकाले विद्युतीय मेसिन उपलब्ध गराएको छ । उनीहरूलाई आत्मनिर्भरता बनाउन नगरपालिकाले मेसिन र माटोका लागि ६ कठ्ठा जग्गासमेत उपलब्ध गराइएको पराजुलीले बताइन् ।
केही तस्बिरहरूः
_STEjUZGxnI.jpg)
_cOtPsMMkA0.jpg)
_QaC4cPP3JB.jpg)
_8ahDkzBaQC.jpg)
_T7FbImggJK.jpg)
_Q6OgymNifp.jpg)
_CJv1AARt7D.jpg)
_itozbmg4z5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण