भूकम्प प्रभावितलाई राहत सामाग्रीहरू पुर्याउन उपप्रधानमन्त्री खड्काको निर्देशन
आइतबार, १९ कात्तिक २०८०, १२ : ५४
काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामाग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले सङ्घ, प्रदेश सरकार राहत र पुरस्थापनामा लागेको बताए ।
उनले आज र भोलि सम्ममा राहतका सबै सामाग्रीहरू जिल्लामा पुर्याईसक्ने बताए ।
शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई टकले बिरामीहरूको उद्धार गरेको थियो भने आइतबारदेखि राहत सामाग्रीहरू सेनाका हेलिकप्टरले ढुवानी गरिरहेको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भूकम्प प्रभावित जिल्लामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण