बक्स अफिसमा दुई दिन पनि टिकेन राज कुन्द्राको यूटी६९
आइतबार, १९ कात्तिक २०८०, १४ : ४३
मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको बलिउड डेब्यू असफल साबित भएको छ । उनको फिल्म युटी६९ लाई दर्शकहरूले मन पराएनन् । यो फिल्मले लाखमा मात्रै कमाई गर्न सकेको छ । पहिलो दिन फिल्मको कलेक्शन १० लाख रुपैयाँ थियो ।
शुरुआती आकडा अनुसार दोस्रो दिन फिल्मले १५ लाख रुपैयाँको व्यापार गरेको छ । अर्थात् २ दिनमा फिल्मले जम्मा २५ लाख कमाएको छ । यो फिल्म प्रोनोग्राफी मामिलामा कुन्द्रा जेल गएपछिको उनको अनुभवमा आधारित छ ।
यस फिल्मबाट उनले बलिउड अभिनेत्री शिल्को पतिको रुपमा आफ्नो छवि सुधार्न खोजेका थिए । यो फिल्मको घोषणा भएयता नै फिल्मले निकै चर्चा बटुलेको थियो । तर यसले फिल्म हलसम्म भने दर्शक तान्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण