जाजरकोट र रुकुम पश्चिमको २० स्थानमा सेना परिचालन
काठमाडौँ । भूकम्पपछिको खोज र उद्धारमा सेना परिचालन गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको ७ गरी २० स्थानमा तैनाथ रही सैनिक टोली खोज तथा उद्धारमा परिचालित भएको हो ।
जसअनुसार सेनाको हवाई साधनद्वारा जाजरकोट तथा रुकुम पश्चिमबाट हालसम्म ३१ जना घाइते तथा कुरुवासमेत गरी २४ जनालाई नेपालगन्ज तथा सुर्खेत पुर्याइएको छ । यसैगरी, आइतबार बिहान जाजरकोटबाट थप १ जना घाइतेको हवाई उद्धार गरिएको छ । स्वास्थ्यकर्मी एवं विशेषज्ञहरु समेतको विभिन्न युनिटहरुको टोली १० स्थानमा स्ट्याण्डवाइ रहेको पनि सेनाले जनाएको छ ।
सेनाका अनुसार जाजरकोट अस्पताल, चौरजहारी तथा आठबिसकोट ईलाकामा खटिएको मेडिकल टोलीहरुबाट १२५ जना घाइतेहरूको उपचार भएको छ ।
परिचालित फौजले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैर सरकारी संघ संस्थाका पदाधिकारी लगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूमा भग्नावशेष हटाउने, स्थानीयका भग्नावशेषमा पुरिएका सामानहरू निकाल्ने तथा भूकम्प प्रभावितको अस्थायी वासस्थान व्यवस्थापन लगायतका कार्यहरू गरिरहेको सेनाले जनाएको छ ।
सेनाको परिचालित हवाई साधनहरुले जटिल प्रकृतिका घाइतेहरूलाई थप उपचारको लागि उद्धार गर्नुको साथै राहत सामग्री ढुवानीसमेत गरिरहेको छ ।
हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिब दश हजार केजी औषधीजन्य र अन्य अतिआवश्यक राहत सामग्रीहरू भूकम्प प्रभावित इलाकामा ढुवानी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
-
इप्पानको नेतृत्व चयन: वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य सर्वसम्मत
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण