भूकम्प प्रभावितलाई एमाले बागमती प्रदेश संसदीय दलले ५ लाख ७० हजार दिने
हेटौडा । कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने भएका छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाई गएको विनाशकारी भूकम्पमा परी जनधन गुमाउन पुगेका नागरिकहरुको सहयोगार्थ ५ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार एमालेबाट सांसद बनेकाहरुको तलव सुबिधाको रकम संकलन गरि उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
नेकपा एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधकारहरुका तर्फबाट उक्त रकम सरकारको राहत कोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए । विपतमा परेका नागरिकहरुलाई थोरै भएपनि आआफ्नो स्थानबाट सहयोग गरिनुपर्ने महसुस गर्दै तत्काललाई उक्त रकम उपलब्ध गराउने उनले बताए ।
बागमती प्रदेशसभामा एमालेका २७ जना सदस्यहरु रहेका छन् । उनीहरुले प्रती व्यक्ति मासिक तलब भत्ता र अन्य सुविधा बापत मासिक करिव ७० हजार रुपैयाँ भन्दा बढि रकम बुझ्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण