एकीकृत समाजवादीको सचिवालय बैठक जारी
सोमबार, २० कात्तिक २०८०, १० : १८
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । आइतबारका लागि बोलाएको बैठक गृहकार्य नपुगेको भन्दै आजलाई सारिएको थियो ।
केही बेरअघिबाट पार्टी कार्यालय आलोकनगरमा सचिवालय बैठक बसिरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
नेता खतिवडाका अनुसार बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी र सरकारका कामकारबाहीबारे छलफलका एजेन्डा छन् । त्यसबाहेक सचिवालय बैठकमा अन्तरपार्टी निर्देशन (अपानी–११) का बारेमा समेत छलफल गर्ने नेताहरूको तयारी छ । अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा जान लागेकाले त्यसबारे समेत अध्यक्षले ब्रिफिङ गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण