सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

सोमबार, २० कात्तिक २०८०, १० : १८
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । आइतबारका लागि बोलाएको बैठक गृहकार्य नपुगेको भन्दै आजलाई सारिएको थियो । 

केही बेरअघिबाट पार्टी कार्यालय आलोकनगरमा सचिवालय बैठक बसिरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

नेता खतिवडाका अनुसार बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी र सरकारका कामकारबाहीबारे छलफलका एजेन्डा छन् । त्यसबाहेक सचिवालय बैठकमा अन्तरपार्टी निर्देशन (अपानी–११) का बारेमा समेत छलफल गर्ने नेताहरूको तयारी छ । अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा जान लागेकाले त्यसबारे समेत अध्यक्षले ब्रिफिङ गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप