लागूऔषधसहित हेटौँडा र पोखराबाट पाँच जना पक्राउ
काठमाडौँ । हेटौँडा र पोखराबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट अवैध लागूऔषध गाँजा १० केजीसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य घर भएका २२ वर्षीय सदुला अन्सारी र भारत बिहार राज्य उत्तर प्रदेश घर भएका २४ वर्षीय रजनिस सिङ रहेका छन् । प्रहरी चौकी रातोमाटे समेतबाट खटिएको प्रहरीले वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ६७५४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
उता कास्कीको पोखरा महानगरपालिका-२१ कश्यारघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय आशिष सुनार समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले सुनारको कोठाबाट उक्त परिमाणको लागूऔषध फेला परी तीनै जनालाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण