प्रेममा छन् आदित्य रोय कपुर र अनन्या पान्डे ?
मुम्बई । करण जौहरको शो कफी विथ करणमा सेलिब्रेटीहरूको निजी जीवनबारे अनेकौं खुलासा भइरहन्छन् । शोको पहिलो एपिसोडमा रणवीर दीपिकासँगै आएका थिए, दोस्रोमा देओल ब्रदर्स । तेस्रो एपिसोडमा सारा अली खान र अनन्या पान्डेसँगै आउँदैछन् । सारा र अनन्या पहिलो पटक सो शोमा सँगै आउन लागेका हुन् ।
शोको प्रोमोमा दुबैको कमन ब्याईफ्रेन्डबारे चर्चा गरिएको छ । करणले दुवै जनाको एउटा ब्वाईफ्रेन्ड थियो ? भनेर सोधेका थिए । यी दुबैले एकै पटक कार्तिक आर्यनसँग डेट गरिरहेको चर्चा थियो । कार्तिकले सारासँग लभ आज कल र अनन्यासँग पति, पत्नी और वोमा काम गरेका थिए ।
करणले सारा र क्रिकेटर शुभमन गिलसँग डेट गरिरहेको हो भनेर पनि सोधेका थिए । सो प्रश्नको उत्तरमा साराले ‘तपाईले गलत सारालाई यो प्रश्न सोधिरहनु भएको छ... .... ... साराका सारा दुनियाँ गलत साराको पछाडि लागिरहेका छन् ।’ गएको वर्ष सारा र शुभमनको एउटा फोटो भाइरल भएपछि उनीहरुबीच डेटिङको अनुमान बढेको थियो । तर पछिल्लो समय सचिन तेन्दुलकरको छोरी सारा र शुभमनको नाम जोडेर आउन थालेको छ ।
सारासँग नभएको कुन चिज अनन्यासँग भनेर करणले सोधेको प्रश्नमा साराले ‘एउटा नाइट म्यानेजर’ भन्ने जवाफ दिइन् । ए नाइट म्यानेजर अभिनेता आदित्य रोय कपुरको वेब सिरिज हो । हालैका दिनमा आदित्य र अनन्या एकअर्कासँग डेट गरिरहेको चर्चा छ । करणले तिमी मायामा भड्किरहेको त छैनौं भनेर सोधेको प्रश्नमा अनन्याले ‘आशिकी यस्तै हुन्छ’ भन्ने जवाफ दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण