कर्णालीका प्रदेश प्रमुख परियार पनि भूकम्प प्रभावित क्षेत्रमा
जाजरकोट । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार पनि भूकम्पबाट प्रभावित क्षेत्रमा पुगेका छन्। आज परियारले प्रभावित क्षेत्र अन्तर्गत जाजरकोट सदरमुकाम खलंगाकाे बस्तीहरूको निरीक्षण गरेका हुन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरबाट गाडीमा त्यहाँ पुगेका उनी प्रभावित बस्तीमै पुगेर नागरिकलाई सान्त्वना दिएका थिए । त्यस्तै भूकम्पमा परी घाइते भएकाहरूलाई जिल्ला अस्पताल जाजरकोटमै पुगेर परियारले स्वास्थ्य अवस्थाबारे बुझेका थिए । परियार समक्ष पीडितहरूले राहतको विषयमा गुनासो सुनाएका थिए ।
यसक्रममा कर्णाली प्रदेश सरकारलाई भूकम्पबाट पीडित भएकाहरूको यकिन रूपमा विवरणको तथ्य निकालेर पीडित घर-परिवारलाई राहत प्रदान गर्नमा जोड दिइने परियारले बताए । परियारले राहत प्रदान तथा वितरण प्रणालीलाई पारदर्शी बनाउनुपर्ने बताए । साथै उनले विपद्मा सबै तहका सरकारहरू एक ठाउँमा उभिएर लाग्नुपर्ने सुझाव पनि दिए। यतिबेला सिंगाे कर्णालीको मन्त्रिपरिषद् नै प्रभावित क्षेत्रमा खटिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण