मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

अभिनेता डेम्प्से पिपल्स म्यागजिनको वर्षको सबैभन्दा सेक्सी पुरुष घोषित

बुधबार, २२ कात्तिक २०८०, १४ : २८
बुधबार, २२ कात्तिक २०८०

न्युयोर्क । अभिनेता प्याट्रिक डेम्प्से प्रतिष्ठित पत्रिका पिपल्स म्यागजेनद्वारा वर्षको सबैभन्दा सेक्सी पुरुष घोषित भएका छन् । उनलाई मंगलबार ‘जिम्मी किमेल लाइभ’ कार्यक्रमबाट ‘सेक्सिएस्ट मेन अलाइभ’ को उपाधि दिइएको हो ।

‘यो वर्ष मलाई छनोट गर्ने उनीहरूको यो निर्णयबाट म खुसी छु,’ कार्यक्रममा डेम्प्सेले भने । उनले आफूले पाएको उपाधि आफ्नो परिवारलाई भने मजाक लागेको खुलाए । ‘उनीहरू पेट मिचिमिची हाँसेका थिए । साँच्चै को रे रु को रु भन्दै हाँस्दै थिए,’ उनले भने ।

‘त्यसपछि म पनि हाँसे किनभने मलाई पनि यो मजाक जस्तो लागेको थियो,’ उनले थपे । एबीसीमा लामो समयदेखि प्रसारण भइरहेको सिरियल ‘ग्रेज् एनाटोमीमा उनी डा। डेरेक शेफर्डको भूमिकाका लागि चर्चित छन् ।

उनी ‘फरारी’ नामक आगामी चलचित्रमा इटालियन रेस कार ड्राइभर पिएरो टारुइफको भूमिकामा देखिँदैछन् । यो चलचित्र डिसेम्बरमा रिलिज हुँदैछ । सन् २०२२ मा ‘सेक्सिएस्ट मेन अलाइभ’ को उपाधि क्रिस एभन्सलाई दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप