फारवेष्ट पशुपति कप मङ्सिर २२ गतेदेखि
काठमाडौँ । छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मङ्सिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता मङ्सिर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएको हो ।
पाँचौँ संस्करणको आयोजनापछि तीन वर्ष रोकिएको प्रतियोगिताको छैटौँ संस्करण मङ्सिर २९ गतेसम्म कैलालीको धनगढी रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।
प्रत्येक खेलको म्यान अफ दी म्याचले पनि पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको कुल पुरस्कार राशि आठ लाख ७० हजार रुपैयाँ रहेको जानकारी आयोजक फारवेष्ट पशुपति युवा क्लबले दियो ।
प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने जानकारी क्लबका सचिव ललित मिश्रले दिए । उनका अनुसार, प्रतियोगिता आयोजना गर्न करिब ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण