इङ्गल्यान्डलाई हराउन नेदरल्यान्ड्सले ३४० रन बनाउनुपर्ने
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकपको बुधवारको खेलमा साबिक विजेता इङ्गल्यान्डले नेदरल्यान्ड्सलाई जितका लागि तीन सय ४० रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको इङ्गल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ३९ रन बनाएको हो ।
पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको स्टेडियममा खेलिएको उक्त खेलमा इङ्गल्यान्डका लागि अनुभवी खेलाडी बेन स्टोक्सले सतकीय योगदान गरे । उनले टोलीका लागि अविजित एक सय आठ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका स्टोक्सले केवल ८४ बलको सामना गरी ६ छक्का र ६ चौका पनि हिर्काएका थिए ।
त्यसअघि ओपनर ब्याट्सम्यान डेविड मलानले पनि टोलीका लागि ८७ रनको योगदान गरेका थिए । उनले केवल ७४ बलमा दुई छक्का र १० चौका प्रहार गरेका थिए । इङ्गल्यान्डले ४८ रनको कुल स्कोरमै आफ्नो पहिलो विकेट गुमाएको थियो ।
ओपनर जोनी ब्रेस्टो १५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि स्टोक्स र मलानले टोलीको स्कोरलाई एक सय ३३ रनसम्म डोर्याएका थिए । मलान रनआउट भएपछि यो साझेदारी टुटेको थियो । इङ्गल्यान्डका लागि आठौँ नम्बरका ब्याट्सम्यान क्रिस वोक्सले पनि अर्धसतकीय पाली खेले ।
क्रिसले केवल ४५ बलको सामना गरी एक छक्का र पाँच चौकाको मद्दतले ५१ रन बनाएका थिए । जो रुटले टोलीको खातामा २८ रन थपेका थिए । ह्यारी ब्रुकले ११ रन बनाएका थिए । इङ्गल्यान्डले अतिरिक्त रूपमा पनि २९ रन पाएको थियो ।
नेदरल्यान्ड्सका बलर बास डी लिडले तीन विकेट लिए । उनले १० ओभरमा ७४ रन खर्चिएका थिए । आर्यन दत्त र लोगन भान बिकले पनि दुई—दुई विकेट हात पारे । पल भान मिकेरनले पनि एक विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण