साबिक विजेता इंग्ल्याण्डको दोस्रो जीत
पुणे । साबिक विजेता इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हराउँदै च्याम्पियन्स ट्रफीमा स्थान बनाउने सम्भावना कायम राखेको छ । बुधबार पुणेमा भएको खेलमा इंग्ल्याण्ड १ सय ६० रनको विशाल अन्तरले पराजित गरेको हो ।
इंग्ल्याण्डले प्रस्तुत गरेको ३ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले ३७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सार्वधिक ४१ रन बनाए भने कप्तान स्कट एडवार्डस्ले ३८ तथा साईब्रान्ड एन्जेलबर्चले ३३ रनको योगदान दिए ।
इंग्ल्याण्डका लागि मोइन अली र आदिल रसिदले ३–३ विकेट लिए भने डेभिड विलीले दुई तथा क्रिस वोक्सले १ विकेट लिए । यसअघि बेन स्टोक्सको शतकको मद्दतले इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३९ रन बनाएको थियो । ओपनर डेविड मलान रनआउट हुन अघि ७४ बलमा ८७ रनको योगदान दिए । खेलको अन्त्यतिर क्रिस वोक्सले ५१ रनको महत्त्वपूर्ण पाली खेले ।
नेदरल्याण्ड्सका लागि बास डी लिडेले ३ तथा लोगन भान विक र पाउन भान मेकेरेनले २–२ विकेट लिए । प्रतियोगितामा इंग्ल्याण्डको मात्र दोस्रो जीत हो । ८ खेलपछि इंग्ल्याण्डको ४ अंक रहेको छ । टोली नेट रनरेटको आधारमा सातौँ स्थानमा उक्लिएको छ । समान अंक बोकेको नेदरल्याण्ड्स भने अंक तालिकामा पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण