बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

भीरबाट लडेर घाइते कलाकार घिमिरे डिस्चार्ज

बिहीबार, २३ कात्तिक २०८०, १४ : ५६
बिहीबार, २३ कात्तिक २०८०

पोखरा । घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका कलाकार प्रकाश घिमिरे डिस्चार्ज भएका छन् । कात्तिक १० गते नदीपुरमा लडेर गम्भीर घाइते उनको पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको हो । 

अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनी घरमै आराम गर्नेछन् । 

अस्पतालका निर्देशक डा. अभिषेक मास्केले टाउकोको चोट ठीक भएको र फोक्सोको अवस्था पनि सामान्य हुँदै गइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप