बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु

शनिबार, २५ कात्तिक २०८०, १७ : ४३
शनिबार, २५ कात्तिक २०८०

काठमाडौँ । धनुषा र सप्तरीमा बाल्टिनको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासवानको छोरा २ वर्षीय अभय पासवानको आफ्नै घर अगाडि  पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उता सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ पातो बजार बस्ने देवकुमार मालीको ९ महिनाको छोरा बिराटकुमार मालीको पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ । खेल्ने क्रममा बाल्टिनमा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यी घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप