प्रथम वीरगञ्ज गोल्डकपको उपाधि पुलिसलाई
वीरगञ्ज । नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप २०८० को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।
उपाधिसँगै पुलिसले नगद रु ११ लाख ११ हजार एक सय ११ सहित ट्रफी र मेडल हात पारेको छ भने उपविजेता आर्मीले नगद रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कारसहित ट्रफीमा चित्त बुझाएको छ ।
वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टिमले बराबरी खेलेपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मीका चारै जना स्ट्राइकरले गोल गर्न चुकेपछि उपाधि पुलिसको पोल्टामा गएको हो ।
टाइब्रेकरमा पुलिसका लागि कप्तान राम वजु र बुद्ध तामाङले गोल गरे भने उज्ज्वल राईको पेनाल्टी सुट आर्मीका गोलरक्षक विकेश कुथुले रोकेर विफल पारिदिएका थिए ।
टाइब्रेकरमा आर्मीका कप्तान नवयुग श्रेष्ठको प्रहार गोलपोस्टको सेकेन्ड बार बाहिर गयो भने विमल पाण्डे र सन्तोष केसीको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले जोगाएका थिए । जितेन्द्र कार्कीको प्रहार भने गोलपोस्टको बारमा लागेर फर्किएको थियो ।
फाइनल खेलको म्यान अफ दी म्याच टाइब्रेकरमा आर्मीका लगातार तीनवटा प्रहार रोक्न सफल पुलिसका गोलरक्षक शत्रुधन चौधरी घोषित भएका छन् । उनले क्वेस्ट फार्मासियुटिकलको तर्फबाट रु १० हजार पुरस्कार प्राप्त गरे ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका प्रताप गुरुङ घोषित भए । उनले नगद रु ५० हजार पनि प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसकै शत्रुधन चौधरी, उत्कृष्ट मिडफिल्डर पुलिसकै उज्ज्वल राई र उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे घोषित भएको आयोजकले जनाएको छ ।
उनीहरूले जनही रु २०–२० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट कोच पुलिसका चेतन घिमिरे घोषित भए । उनले पनि नगद रु २० हजार प्राप्त गर । प्रतियोगितापश्चात आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले विजेता र उपविजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण