ट्याङ्गोपे मार्फत इसेवामा पैसा पठाउँदा आइफोन १५ जित्ने मौका
काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले युकेस्थित ट्याङ्गोपेको साझेदारीमा आईफोन योजना ल्याएको छ। यो योजना नोभेम्बर १० बाट सुरु भइ जनवरी १५ सम्म लागु हुनेछ । जस अन्तर्गत युकेबाट ट्याङ्गोपे मार्फत रेमिट्यान्स पठाउने एक भाग्येशाली विजेताले आइफोन १५ का साथै ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा सिधै पैसा पठाउने एक भाग्यशाली विजेताले काठमाडौंमा घर जित्न सक्नेछन् ।
यस योजना अन्तर्गत ग्राहकहरुले जुनसुकै मध्यम अर्थात् ईसेवा वालेट, बैंक वा सोझै नगद पठाई iPhone जित्ने मौका सुनिश्चित गर्न सक्नेछन्।
ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, “ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौ। TangoPay को साझेदारीमा iPhone योजना सुचारू भए संगै अब UK बस्दै गर्नु भएको नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रुपमा नेपाल पैसा पठाई iPhone जित्न सक्नुहुनेछ।“
ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण