आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
दुर्घटना

नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एकजना गम्भीर घाइते

आइतबार, २६ कात्तिक २०८०, १३ : २६
आइतबार, २६ कात्तिक २०८०

पोखरा । नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमध्ये चालकको पहिचान खुलेको छ भने अरूको सनाखत भएको छैन । थप एकजना गम्भीर घाइते भएका छन् । बुलिङटारबाट नवलपुरतर्फ जाँदै गरेको ग १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका ८ मोडमा रहेको एउटा घरमा ठोकिएको हो । 

‘जिप एकदमै ओभरस्पिडमा आएको देखिन्छ । अरु कारणहरू खुलेको छैन,’ नवलपुर प्रहरीका डिएसपी वेदबहादुर पौडेलले भने, ‘मृतकको सनाखत भैसकेको छैन ।’ 

गम्भीर घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको उनले बताए । मृतकमध्ये ३ जना पुरुष र ३ जना महिला छन् । बौंदीकाली गाउँपालिका ६ माझडाँडाका चालक छनबहादुर आलेको पहिचान खुलेको छ । सबै सोही गाउँका रहेको प्रारम्भिक सूचना छ । थप विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप