नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग
सोमबार, २७ कात्तिक २०८०, १९ : १७
काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्पपीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सङ्घका तर्फबाट चेक हस्तान्तरण गरेकी हुन् । चेक हस्तान्तरणका अवसरमा सङ्घका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
अध्यक्ष कुँवरले पीडितलाई थोरै भएपनि सहयोग पुगोस् भनेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई उक्त राहत हस्तान्तरण गरिएको बताइन् । जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका लागि उक्त रकमको सहयोग गरिएको सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण