विदेशी पर्यटकलाई सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपी (तस्बिरहरू)
पोखरा । पोखरामा रहेका पर्यटकहरूलाई तिहारको अवसरमा भाइटीका लगाइएको छ । होटल संघ पोखराले आयोजना गरेको भाइटीका महोत्सवमा विदेशीहरू सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपीमा सजिए ।
होटल संघले यो वर्ष १६ औँ संस्करणको भाइटीका महोत्सव गरेको हो । पछिल्ला वर्षहरूमा पर्यटकको सहभागिता समेत बढ्न थालेको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले सुरुका वर्षहरूमा खासै पर्यटकको सहभागिता नभए पनि आजभोलि निकै बढ्न थालेका बताए । ‘जसोतसो महोत्सवलाई निरन्तरता दिइयो । अचेल चाहिँ धेरै पर्यटक आउन थालेका छन्,’ उनले भने, ‘केही पर्यटक त दोहो¥याएर सहभागी हुन थाले । यो हाम्रो सम्पत्ति हो ।’
यो वर्ष विभिन्न १६ देशका ६८ पर्यटकले टीका लगाए । युके, अमेरिका, जर्मनी लगायत देशका पर्यटक सहभागी भएका महोत्सव संयोजक तथा होटल संघकी सचिव पार्वती पाण्डेले जानकारी दिइन् । उनका अनुसार पर्यटक प्रवर्द्धनसँगै संस्कृतिको विस्तार गर्न पनि महोत्सव फलदायी भएको छ ।
‘पर्यटकलाई नेपालको संस्कार र संस्कृतिको जानकारी गराउनु मुख्य उद्देश्य हो,’ उनले भनिन्, ‘हामी धेरै हदसम्म सफल भएका छौँ ।’ पर्यटकहरूले तिहारको अवसरमा टीका लगाउन पाउँदा प्रसन्न भएको बताए । धेरैले आफूलाई नौलो अनुभव भएको सुनाएका थिए ।
उनीहरूलाई पोखराको रेन्वो चिल्ड्रेन होमका बालिकाहरूले टीका, माला र ढाका टोपी लगाइदिएका थिए । परम्परा अनुसारको कोसेली पनि दिइएको थियो । सँगै देउसी भैलो र सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण