भारतमा ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु
बिहीबार, ३० कात्तिक २०८०, १० : ०६
रौतहट । रौतहटको सीमावर्ती भारतीय बजार बिहारको घोडासहनमा ट्रयाक्टरले किचेर नेपाली महिलाको मृत्यु भएको छ ।
स्थानीय पौराहा नगरपालिका ८ निवासी दिनानाथ पटेलको श्रीमती ५५ वर्षीय निसरिया देबि पटेलको मृत्यु भएको हो। छठ पर्वको लागि सामान खरिद गर्न श्रीमानसहित घोडासहन जाँदा बुधवार दिउँसो उक्त घटना भएको थियो।
घटनाको भारतीय प्रहरीले अनुसन्धान तथा कार्वाही प्रकृया अगाडि बढाएको खबर आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण