विश्वकप क्रिकेट : पूर्वनिर्धारित पिचमा नखेलाइएको सम्बन्धमा के भने न्युजिल्याण्डका कप्तानले ?
काठमाडौँ । बुधबार मुम्बईको वानखेडे स्टेडियममा विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल म्याचमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
तर, उक्त म्याच सुरु हुनुअघि सामाजिक सञ्जालमा पिच परिवर्तन गरिएकोबारे विवाद उत्कर्षमा पुगेको थियो । बेलायती सञ्चारमाध्यम ‘डेली मेल’ले पूर्वनिर्धारित पिचको सट्टा अर्कै पिचमा म्याच खेलाउन लागिएको समाचार प्रकाशित गरेपछि यो विवाद सतहमा आएको थियो ।
‘डेली मेल’का अनुसार पिच परिवर्तनका बारेमा भारतीय टिम म्यानेजमेन्टको प्रस्ताव आइसीसीले मानेको र नयाँ पिचको साटो पुरानै पिचमा सेमिफाइनल खेलाउने निर्णय भएको थियो ।
सेमिफाइनलमा भारतसँग पराजित भएपछि न्युजिल्याण्डका कप्तान केन विलियम्सनले पिचका सम्बन्धमा उठेको विवादबारे पनि आफ्नो धारणा राखेका छन् ।
उनले भने, ‘यो सत्य हो कि पहिला प्रयोग भएकै पिचमा म्याच खेलाइएको थियो तर पिचको सतह निकै राम्रो थियो ।’
म्याचको पहिलो इनिङमा भारतीय टिमले पिचको भरपूर फाइदा उठाएको पनि विलियम्सनले बताए । उनले भने, ‘तर बत्ती बालेपछि परिस्थिति अर्कै हुन्छ भन्ने कुरा हामीले पूरै प्रतियोगितामा महसुस गरेका छौँ ।’
भारतले निकै राम्रो खेलेको विलियम्सनको भनाइ थियो । ‘यो प्रतियोगितामा यहाँसम्म आएर अगाडि पुग्न नसक्नु निराशाजनक हो, तर विगत सात हप्ताको यात्रालाई हेर्ने हो भने हामी उत्कृष्ट टिमसँग हारेका छौँ,’ म्याचपछि विलियम्सनले भने ।
उनले भारत विश्वकै उत्कृष्ट टिम रहेको र उनीहरुले उत्कृष्ट प्रदर्शन गरेको पनि प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा डेंगुविरुद्धको खोप कहिले भित्रिन्छ ?
-
‘च्याटजीपीटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण