मध्य प्रदेश र छत्तीसगढमा आज मतदान, यी दिग्गजहरूको साख दाउमा
नयाँ दिल्ली । मध्य प्रदेश र छत्तीसगढमा विधानसभा चुनावका लागि शुक्रबार मतदान हुँदैछ। मध्य प्रदेशका २३० सिट र छत्तीसगढका ७० सिटमा आज मतदान हुनेछ ।
मध्यप्रदेशमा बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म चल्नेछ । छत्तीसगढमा बिहान ८ बजेदेखि मतदान सुरु हुने भए पनि नक्सल प्रभावित केही सिटमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ र दिउँसो ३ बजेसम्म चल्नेछ।
मध्य प्रदेशमा मुख्यमन्त्री शिवराज सिंह चौहान सिंह बुडनीबाट र कांग्रेसका मुख्यमन्त्री कमलनाथ छिन्दवाडाबाट चुनाव लडिरहेका छन्। दिमानीबाट केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमर र दतियाबाट नरोत्तम मिश्र उठेका छन् । नरसिंहपुरबाट केन्द्रीय मन्त्री प्रह्लाद पटेल चुनावी मैदानमा छन् । बीजेपीका कैलाश विजयवर्गीय इन्दौर–१ सिटबाट चुनाव लडिरहेका छन् ।
छत्तीसगढका मुख्यमन्त्री भूपेश पटेल आफैँ पाटन विधानसभाबाट चुनाव लडिरहेका छन् । अम्बिकापुरबाट टीएस सिंह देव उठेका छन् । मध्य प्रदेशका २३० सिटमध्ये १४८ सामान्य र बाँकी आरक्षित सिट छन् । ३५ सिट अनुसूचित जाति र ४७ सिट अनुसूचित जातिका उम्मेदवारका लागि आरक्षित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण