मध्य प्रदेश र छत्तीसगढमा आज मतदान, यी दिग्गजहरूको साख दाउमा

नयाँ दिल्ली । मध्य प्रदेश र छत्तीसगढमा विधानसभा चुनावका लागि शुक्रबार मतदान हुँदैछ। मध्य प्रदेशका २३० सिट र छत्तीसगढका ७० सिटमा आज मतदान हुनेछ ।
मध्यप्रदेशमा बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म चल्नेछ । छत्तीसगढमा बिहान ८ बजेदेखि मतदान सुरु हुने भए पनि नक्सल प्रभावित केही सिटमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ र दिउँसो ३ बजेसम्म चल्नेछ।
मध्य प्रदेशमा मुख्यमन्त्री शिवराज सिंह चौहान सिंह बुडनीबाट र कांग्रेसका मुख्यमन्त्री कमलनाथ छिन्दवाडाबाट चुनाव लडिरहेका छन्। दिमानीबाट केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमर र दतियाबाट नरोत्तम मिश्र उठेका छन् । नरसिंहपुरबाट केन्द्रीय मन्त्री प्रह्लाद पटेल चुनावी मैदानमा छन् । बीजेपीका कैलाश विजयवर्गीय इन्दौर–१ सिटबाट चुनाव लडिरहेका छन् ।
छत्तीसगढका मुख्यमन्त्री भूपेश पटेल आफैँ पाटन विधानसभाबाट चुनाव लडिरहेका छन् । अम्बिकापुरबाट टीएस सिंह देव उठेका छन् । मध्य प्रदेशका २३० सिटमध्ये १४८ सामान्य र बाँकी आरक्षित सिट छन् । ३५ सिट अनुसूचित जाति र ४७ सिट अनुसूचित जातिका उम्मेदवारका लागि आरक्षित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने