मोदीद्वारा 'डीपफेक' बारे चिन्ता व्यक्त
शनिबार, ०२ मङ्सिर २०८०, ०७ : २५
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट ‘डीपफेक’ बनाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले त्यसो गर्दा समस्या हुने भएकाले सञ्चारमाध्यमले जनतालाई सचेत गराउनुपर्ने बताएका हुन् ।
चलचित्र अभिनेत्री रश्मिका मन्डनाको गहिरो फेक भिडियो भाइरल भएपछि प्रधानमन्त्रीको यो भनाइ आएको हो । पछिल्लो समय यो भिडियोको निकै चर्चा भएको थियो । रश्मिकाले यसप्रति ‘दुःख’ व्यक्त गर्दै आफु जस्तो ‘पीडा’ अरु कसैलाई नपरोस् भनेर जतिसक्दो चाँडो समाधान खोज्न आग्रह गरेकी थिइन् ।
रश्मिकाले सोसल प्लेटफर्म एक्स मा लेखेकी छिन्, ‘इमानदारीपूर्वक भन्नु पर्दा, मेरो लागि मात्र होइन, हामी सबैका लागि यो डरलाग्दो छ। आज जसरी प्रविधिको दुरुपयोग भइरहेको छ, त्यसले मलाई मात्र नभई अन्य धेरैलाई पनि ठूलो नोक्सानी पुर्याउन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण