सरोज दाहालको निर्देशनमा टेलिचलचित्र ‘टुल्के दाइ’ आउँदै
शनिबार, ०२ मङ्सिर २०८०, ०९ : २६
काठमाडौँ । निर्देशक तथा कलाकार सरोज दाहालले नयाँ टेलिसिरियल ल्याउने भएका छन्। उनको निर्देशनमा आगामी मङ्सिर १५ गतेबाट प्रसारणमा आउने ‘टुल्के दाइ’ नामक टेलिसिरियलको शुक्रबार प्रोमो रिलिज गरिएको छ।
रिलिज गरिएको ३ मिनेट लामो प्रोमोमा सामाजिक एवम् पारिवारिक कथावस्तुलाई देखाइएको छ। सिरियलमा ‘टुल्के दाइ’को भूमिकामा बाबुराम शाक्य रहेका छन्।
बिएम पिक्चर्सको प्रस्तुतिमा यो सिरियल निर्माण गरिएको छ। मायादेवी श्रेष्ठ, सरोज दाहाल, रश्मि भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाईका बस्नेत लगायतका कलाकारहरूको अभिनय सिरियलमा रहनेछ।
सिरियलमा बाबुराम शाक्यको कथा र सौरभ दवाडीको पटकथा रहेको छ। अनिल जिसीले सिरियल खिचेका हुन् भने, मुकेश हमालले सम्पादन गरेका छन्। सिरियल ‘टुल्के दाइ अफिसियल’ नामक युट्युब च्यानलबाट रिलिज हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण