मङ्सिर ११ बाट फ्लोरमा निस्कने तयारीमा अनमोलको ‘फर्की फर्की’
काठमाडौँ । रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘फर्की फर्की’को छायाङ्कन मङ्सिर ११ गतेबाट सुरु हुने भएको छ । निर्माता अधिकारीले फिल्मको मुख्य कलाकारको रूपमा माओत्से गुरुङलाई अनुबन्धित गर्दै फिल्मको छायाङ्कन मिति सार्वजनिक गरेका हुन् ।
फिल्म छायाङ्कन अगाडि गर्ने वर्कसप, प्रिपोडक्सन लगायतको तयारी भने सकाएको छ । फिल्मको रिलिज मिति २०८१ को जेठमा बताइएको छ । निर्माता अधिकारीले फिल्म छायाङ्कन अगाडि नै वितरकसँगको सल्लाह अनुसार फिल्मको रिलिज जेठमा जुराएका हुन् ।
फिल्ममा अनमोल केसी, जसिता गुरुङ, माओत्से गुरुङ, नव–कलाकार द्वय रवि काफ्ले र समृद्धि अर्याल लगायतको अभिनय रहनेछ । फिल्मको निर्देशन सुयोग गुरुङले गर्न लागेका हुन् ।
निर्माता रोहित अधिकारीकै कथा रहेको फिल्मको छायाङ्कन काठमाडौँ, पोखरा, अन्नपूर्ण बेस क्याम्प र इन्डोनेसियाको बालीमा हुनेछ ।
रोहितका अलवा ओमप्रकाश अग्रवाल निर्माता रहने फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत फिल्म रहनेछ ।
‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म निर्माण गरेका अधिकारीको ‘फर्की फर्की’ काठमाडौँमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस्ले वितरण गर्नेछ । फिल्मको अन्तर्राष्ट्रिय वितरकको रूपमा एमएसएम इन्टरटेन्मेन्ट जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण