सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोरीमा संलग्न २ जना ट्राफिक  प्रहरीको नियन्त्रणमा

मङ्गलबार, ०५ मङ्सिर २०८०, १८ : ३३
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार काठमाडौँ महानगरपालिका २२ स्थित गणबहालबाट ट्राफिक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

चितवनको इच्छाकामना गाउँपालिका ४ घर भई काठमाडौँको न्युरोड बस्दै आएका २३ वर्षीय टेक बहादुर मगर र सिन्धुलीको दुधौली नगरपालिका २ घर भई काठमाडौँकै शंकटा बस्ने २२ वर्षीय रोहित तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

बागमती प्रदेश ०२-०३१ प ३९२९ नम्बरको मोटरसाइकल काठमाडौँ महानगरपालिका १६ म्हेपीस्थित पार्किङबाट गत कार्तिक २४ गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन प्राप्त भएको थियो । 

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३१ प ९२ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप