मोटरसाइकल चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार काठमाडौँ महानगरपालिका २२ स्थित गणबहालबाट ट्राफिक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका ४ घर भई काठमाडौँको न्युरोड बस्दै आएका २३ वर्षीय टेक बहादुर मगर र सिन्धुलीको दुधौली नगरपालिका २ घर भई काठमाडौँकै शंकटा बस्ने २२ वर्षीय रोहित तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०२-०३१ प ३९२९ नम्बरको मोटरसाइकल काठमाडौँ महानगरपालिका १६ म्हेपीस्थित पार्किङबाट गत कार्तिक २४ गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो ।
वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३१ प ९२ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण