प्रमोदको गीतमा नाँचे विद्यार्थी
काठमाडौंँ । गायक प्रमोद खरेलले आफ्ना गीतसंगीतबाट विद्यार्थी नचाएका छन् । एभरेष्ट होटलमा हालै आयोजित कार्यक्रममा उनले क्यानडा अध्यायनको तयारीमा रहेका नेपाली बिद्यार्थीहरुलाई आफ्ना चर्चित गीतसंगीतबाट नचाएका हुन् । कार्यक्रममा प्रमोदले ‘यो भाग्यमा खोट छ’, ‘दोश’ लगायत गीत पस्किएका थिए ।
पछिल्लो समय नेपाली विद्यार्थीहरुको लागि क्यानडा अध्ययनको राम्रो गन्तब्य बन्दै गएको छ । यसैक्रममा क्यानाडामा रहेको मोहक कलेजले क्यानाडा अध्ययनको लागि जना लागेका विद्याथीहरुलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाली कल्चर झल्कने बिभिन्न आकर्षक नृत्य समेत रहेको थियो ।
कार्यक्रममा भिजा प्राप्त गरेर क्यानडा अध्ययनको तयारीमा रहेको विद्याथीहरुलाई क्यानडाको सम्पूर्ण जानकारीसहित त्यहाँ पुगिसकेपछि कसरी सुरक्षीत तरिकाले बसेर समय बचाउँदै अध्ययन गर्ने र काम गर्ने विषयमा जानकारी दिएको थियो ।
कलेजको तर्फबाट प्रेसिडेन्ट रोन म्यकरली, क्याटी बुरोज, थिया लेड्म्यन, एयालिसन स्टेवाट , बिनय जोसी, ब्रेस्का उल्हाक लगायतले क्यानडाको भिजा प्राप्त गरिसकेपछि क्यानाडा पुगुन्जेलसम्मको जानकारी गराए ।
क्यानेडियन स्टडी सेन्टर, सीआइसी एजुकेसन हब र कन्सलटेन्सी डिएएच समेत आयोजक रहेको कार्यक्रममा गायक प्रमोदले क्यानडाको तयारीमा रहेका विद्यार्थीलाई विश्वको जुनै कुनाम रहेपनि नेपाली गीतसंगीतलाई माया गर्न अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण