उर्लाबारी आगजनी : उपचारका क्रममा १ जनाको मृत्यु, गम्भीर घाइते डाक्टरको निगरानीमा
काठमाडौँ । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपूजाको राती भएको आगजनीमा परेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा.शंकरमान राईले बताए ।
२४ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर भएकाले आइसियुमा राखेर उपचार भइरहेको छ । बाँकीको प्लास्टिक सर्जरी वार्ड र जनरल वार्डमा उपचार भइरहेको छ ।
गम्भीर घाइते भएका बिरामीका लागि विदेशबाट आएका डाक्टर र अस्पतालका विशेषज्ञ टोलीले उपचार गरिरहेको उनले बताए । अस्पतालले गम्भीर घाइतेको उपचार लागि विदेशबाट ४ समूहमा विशेषज्ञ डाक्टरहरूलाई ल्याएर उपचार गरिरहेको उनको भनाइ छ । ‘ घाइतेको उपचारका लागि आइतबार विदेशबाट एक समूह आउनुभएको छ । एक सातापछि सो समूह फर्किन्छ ।
त्यसपछि विदेशी डाक्टरको अर्को समूह घाइतेको उपचारमा संलग्न हुन्छ । त्यसरी क्रमशः डिसेम्बरको दोस्रो हप्ताको अन्त्यसम्म विदेशबाट डाक्टरहरूको टिम ल्याइराख्छौँ ’ उनले भने ।
जटिल अवस्थाका बिरामीलाई बचाउनका लागि विदेशबाट डाक्टरहरू ल्याउने क्रम जारी रहेको उनले बताए ।
त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सो घटनामा परेर घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सो क्रममा उनले उपचार खर्च तिर्न नसक्नेहरूको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन दिएका छन् । उनले भने, ‘पैसा नभएका कारण कसैको पनि उपचार रोकिनुहुँदैन । पैसा तिर्न नसक्नेहरूका लागि सरकार छ । सरकारले त्यो कर्तव्य पुरा गर्छ ।’
उर्लाबारी ७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतबार राति आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण