सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्छ : अध्यक्ष ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताएका छन् ।
मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण बनाएकाले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने ओलीको जिकिर थियो । उनले बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारले प्रतिगामी शक्तिहरुलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी पनि दिए ।
ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी समेत गरे । उनले देश अपmअप्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्त्वहरू सल्बलाएको भन्दै देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने बताए ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताए । उनले पछिल्लो यो अढाई वर्षको बिचमा मुलुकको राष्ट्रिय हित, गौरव र सम्मान धेरै कमजोर हुन पुगेको पनि दोहो¥याए । वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धि परराष्ट्र नीति पनि धरापमा पारेको ओलीको आरोप थियो ।
त्यस अवसरमा अध्यक्ष ओलीले वामपन्थी एकतामा भन्दा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउने काममा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत पनि गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण