आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेसपाले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने

संगठन विस्तारको समयावधि २ महिना थप
बुधबार, ०६ मङ्सिर २०८०, १८ : ५४
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले २०८१ वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।   

यस्तै बैठकले माघ–फागुनमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला सम्मेलन सम्पन्न गर्ने निर्णय भएको नेसपाले जनाएको छ । 

यस्तै सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिने नेसपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय गरेको छ ।

 नेसपाले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति पनि बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप