नेसपाले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने
संगठन विस्तारको समयावधि २ महिना थप
बुधबार, ०६ मङ्सिर २०८०, १८ : ५४
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले २०८१ वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले माघ–फागुनमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला सम्मेलन सम्पन्न गर्ने निर्णय भएको नेसपाले जनाएको छ ।
यस्तै सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिने नेसपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने निर्णय गरेको छ ।
नेसपाले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति पनि बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण