आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखको पानी पोखरीमा प्रहरी चौकी भवनको उद्घाटन

बुधबार, ०६ मङ्सिर २०८०, १९ : २९
बुधबार, ०६ मङ्सिर २०८०

दैलेख । दैलेखको भैरवी गाउँपालिका–६, पानी पोखरीमा नेपाल प्रहरीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बुधबार कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) भिम प्रसाद ढकालले उक्त भवनको उद्घाटन गरेका हुन् ।

साथै कार्यालय÷ब्यारेक, भान्सा घर र शौचालय भवनको पनि उद्घाटन गरिएको छ । उक्त भवन १ करोड ७७ लाख ८७ हजार ४३७ रुपैयाँ लागतमा निर्माण भएको हो ।

डीआईजी ढकालले आगामी दिनहरूमा यस क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी हुनुको साथै गुणस्तरीय नागरिक सेवा प्रवाह हुने बताए । उनले प्रहरी कर्मचारीको कार्यसम्पादन स्तरमा थप मनोबल अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप