बढुवा भएका पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
बुधबार, ०६ मङ्सिर २०८०, २१ : ०७
काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले बढुवा भएका एसएसपीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
कार्तिक २४ मा बढुवा समितिले एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरुको बढुवाको निर्णय गरेका हुन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुनेहरुमा वसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, वीर बहादुर ओली र चन्द्रदेव राई छन् ।
पदोन्नति भएका एसएसपी वसन्त रजौरेले पदोन्नतिबाट प्राप्त जिम्मेवारीलाई राष्ट्र, समाज र नागरिकको हितमा समर्पित भएर अझ उत्कृष्ट ढंगले कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण