तीनकुने र बल्खु आसपासको रुटमा सवारी अवरुद्ध हुनसक्छ : ट्राफिक प्रहरी
काठमाडौँ । बिहीबार हुने प्रदर्शनको कारण बल्खु र तीनकुने आसपासमा सड्क अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ । नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ ।
युवा सङ्घले सल्लाघारीबाट जुलुस निकालेर साढे १० मा तीनकुने पुग्ने गरी प्रशासनसँग समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रसाईँ नेतृत्वको समूहले बिहान सवा १० बजेपछि भक्तपुरसहित उपत्यकाका ७ ठाउँबाट जुलुस निकाल्ने कार्य योजना सार्वजनिक गरेको छ ।
जुलुस सुरु भएपछि ती रुटमा चल्ने सवारी–साधन सञ्चालनमा डिस्टर्व हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले रातोपाटीलाई बताए । जुलुस कार्यक्रम स्थलमा पुगेपछि तीनकुने र बल्खु आसपासको सडकमा सवारी अवरुद्ध हुनसक्ने भट्टले बताए । उनले भने–‘कार्यक्रम स्थलमा पनि दुई लेनमा सवारी सञ्चालन गर्ने हाम्रो योजना छ ।’
युवा सङ्घले तिनकुनेस्थित सिनामंगलतर्फ पार्टी प्यालेस अगाडी प्रदर्शन गर्दै छ । तीनकुने क्षेत्रमा बानेश्वर र कोटेश्वर हुँदै चल्ने सवारी संचालनमा डिस्टर्व नहुने एसएसपी भट्टले जानकारी दिए । उनले भने–‘बल्खुमा पनि सकेसम्म दुई लेनमा गाडी चलाउँछौँ ।’
अवस्था हेरेर केही ठाउँमा सवारी डाइभर्सन गरिने एसएसपी भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण