सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्गा प्रसाईं भर्सेस युवा संघ

तीनकुने र बल्खु आसपासको रुटमा सवारी अवरुद्ध हुनसक्छ : ट्राफिक प्रहरी

बिहीबार, ०७ मङ्सिर २०८०, ०९ : ५७
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । बिहीबार हुने प्रदर्शनको कारण बल्खु र तीनकुने आसपासमा सड्क अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ । नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ ।

युवा सङ्घले सल्लाघारीबाट जुलुस निकालेर साढे १० मा तीनकुने पुग्ने गरी प्रशासनसँग समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रसाईँ नेतृत्वको समूहले बिहान सवा १० बजेपछि भक्तपुरसहित उपत्यकाका ७ ठाउँबाट जुलुस निकाल्ने कार्य योजना सार्वजनिक गरेको छ ।

जुलुस सुरु भएपछि ती रुटमा चल्ने सवारी–साधन सञ्चालनमा डिस्टर्व हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले रातोपाटीलाई बताए । जुलुस कार्यक्रम स्थलमा पुगेपछि तीनकुने र बल्खु आसपासको सडकमा सवारी अवरुद्ध हुनसक्ने भट्टले बताए । उनले भने–‘कार्यक्रम स्थलमा पनि  दुई लेनमा सवारी सञ्चालन गर्ने हाम्रो योजना छ ।’

युवा सङ्घले तिनकुनेस्थित सिनामंगलतर्फ पार्टी प्यालेस अगाडी प्रदर्शन गर्दै छ । तीनकुने क्षेत्रमा बानेश्वर र कोटेश्वर हुँदै चल्ने सवारी संचालनमा डिस्टर्व नहुने एसएसपी भट्टले जानकारी दिए । उनले भने–‘बल्खुमा पनि सकेसम्म दुई लेनमा गाडी चलाउँछौँ ।’

अवस्था हेरेर केही ठाउँमा सवारी डाइभर्सन गरिने एसएसपी भट्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप