सामाजिक सञ्जालमा बोल्ड आँचल
काठमाडौँ । अभिनेत्री आँचल शर्माका लागि यो वर्ष त्यति फापेको देखिन्न । किनभने वर्षको सुरुवातमै उनी अभिनीत फिल्म ‘नाई नभन्नु ल ६’ फ्लप भयो । त्यसपछि फेसन शोमा एक मोडलाई गरेको कमेन्टका कारण आलोचना खेप्नु पर्यो ।
यो वर्ष उनको अन्य फिल्म आउने छाँटकाँट पनि देखिएको छैन । केही अगाडि आएको फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’मा उनले एक गीतमा अभिनय गरेकी थिइन् । जसको चर्चा हुने उनको अपेक्षा थियो । तर हुन सकेन ।
अर्को वर्ष अर्थात २०८१ भने उनको राम्रो हुने अनुमान गर्न सकिन्छ । किनभने यो वर्ष उनको फिल्म ‘डिग्री माइला’ रिलिज हुनेछ । यो फिल्मले उनको करियरमा नयाँ उचाइमा पुग्ने आकलन गरिएको छ । फिल्ममा दयाहाङ राईकी प्रेमिकाको भूमिकामा उनी देखिँदै छिन् । आँचल र दयाहाङको अन्तर्जातीय प्रेम फिल्ममा समेटिनेछ । फिल्म यतिबेला छायाङ्कनरत छ ।
यसको अलावा आँचल फिल्म ‘पञ्चामृत’ र ‘ह्वाइट हाउस’मा पनि अभिनय गर्दै छिन् । यी दुवै फिल्म अर्को बर्षनै रिलिज हुनेछन् ।
केही बर्षयता अभिनयमा निरन्तर रहेकी आँचल फिल्मी पर्दामा भने अहिलेसम्म सफ्ट नै छिन् ।
फिल्मी पर्दामा सफ्ट देखिए पनि सामाजिक सञ्जालमा भने उनी बोल्ड देखिन थालेकी छन् । जसको ताजा उदाहरण उनले बुधबार सार्वजनिक गरेको तस्बिरलाई लिन सकिन्छ । उनले पोस्ट गरेको दुई तस्बिरमा बोल्ड अवतार छल्किएको छ । तस्बिरका कारण आँचलको पहिरन र शारीरिक मेन्टेनको प्रशंसा भइरहेको छ ।
केही अगाडि पनि उनले फिलिपिन्स पुगेर बिकिनी तस्बिर सार्वजनिक गरेकी थिइन् । समुद्री किनारमा खिचाएको उनका बिकिनी तस्बिरमा थुप्रैले लाइक र कमेन्ट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण