काठमाडौँ । दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ ।अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो ।
अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ । त्यहाँबाट जुलुस काठमाडौँको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ । हाल दुर्गा प्रसाईंका समर्थकहरु बल्खुमा भेला भइरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। यस्तो छ बल्खुको पछिल्लो अवस्था :
_d80VVPNdjY.jpg)
_xRriACFB7s.jpg)
_JeBckj1fgy.jpg)
_6ifsNAr9Ww.jpg)
_AipgUpnbzt.jpg)
_SjDDHbrpqG.jpg)
_63xTWtpSV5.jpg)
_sC4v4urR9E.jpg)
_MFRKIYycRR.jpg)
_WhQZJthFaI.jpg)
_SrbgY9L5UT.jpg)
_B1yfpAYY06.jpg)
_1z5XeQf9cH.jpg)
_Zbz37k2dqB.jpg)
_H7BopRkOuk.jpg)
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया