बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू

मङ्गलबार, ०५ साउन २०८३, २२ : ०८
मङ्गलबार, ०५ साउन २०८३

काठमाडौँ । पशुपति क्षेत्रमा मंगलबार ऐतिहासिक गङ्गामाई जात्रा श्रद्धापूर्वक मनाइएको छ। वर्षा र समृद्धिको कामना गर्दै “गङ्गामाई पानी देऊ” भन्ने धार्मिक विश्वाससहित आर्यघाटकी गङ्गामाईको रथयात्रा निकालिएको हो।

परम्पराअनुसार पशुपतिनाथको शिरमा विराजमान गङ्गामाईको मूर्तिलाई विशेष पूजा गरी आर्यघाटस्थित गङ्गा मन्दिरमा महास्नान गराइयो। त्यसपछि ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप झल्किने तीनतले प्यागोडा शैलीको रथमा राखेर सांस्कृतिक बाजागाजासहित यात्रा गराइएको थियो।

गुरुजु पल्टनको तोप सलामीपछि सुरु भएको रथयात्रा गौशाला, देवपाटन, जयबागेश्वरी हुँदै ताम्रेश्वर महादेवको परिक्रमा गरी पशुपतिनाथको मूलढोका पुगेपछि पुनः बज्रघर फर्किएर सम्पन्न भएको थियो। 

रथमा राजप्रतिनिधिका रूपमा हनुमानढोका दरबारबाट ल्याइएको मल्लकालीन राजखड्ग राख्ने परम्परा पनि कायम राखिएको थियो।

gangamai jatra (1)gangamai jatra (2)gangamai jatra (3)gangamai jatra (4)gangamai jatra (5)gangamai jatra (6)gangamai jatra (7)gangamai jatra (8)gangamai jatra (9)gangamai jatra (10)gangamai jatra (11)gangamai jatra (12)gangamai jatra (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप