मन्त्रिपरिषद् निर्णय
अवैध सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगमा जनशक्ति थपियो
बिहीबार, ०७ मङ्सिर २०८०, १६ : ४९
काठमाडौँ । सरकारले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित द्वितीय श्रेणी, सरकारी वकिल, राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र राजपत्राङ्कित तृतीय डाटा एनाइलाइटिस्ट जनशक्ति थप गर्ने निर्णय गरेको हो ।
असोज दोस्रो साता सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको थियो ।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थविज्ञका रुपमा अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेका छन् । आयोगलाई सुन पैठारी, तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन तीन महिनाभित्र दिने कार्यादेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण