सुपरमार्केटतर्फ सबैभन्दा धेरै कर तिर्नेमा भाटभटेनी
बिहीबार, ०७ मङ्सिर २०८०, १२ : ०४

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिरेर सम्मानित भएको छ । कर दिवसका अवसरमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने भाटभटेनी सुपरमार्केट सम्मानित भएको हो ।
आज कर दिवसका दिनमा आन्तरिक राजश्व विभागले काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सबैभन्दा धेरै कर तिर्ने कम्पनीलाई सम्मानित गरेको छ । यसक्रममा १६ विधामा सम्मान वितरण गर्दा व्यापारतर्फ भाटभटेनी सुपरमार्केटले सम्मान पाएको हो ।
भाटभटेनी सुपरमार्केट नेपालको सबैभन्दा ठुलो व्यापारिक कम्पनी हो । यसको सञ्जाल देशभर फैलिएको छ । व्यापारतर्फ सबैभन्दा धेरै कर बुझाउने कम्पनीकारुपमा सम्मान भाटभटेनीका तर्फबाट सञ्चालक मीनबहादुर गुरुङले लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?
-
मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा
-
मुख्यमन्त्री शाह र भारतीय अधिकारीबिच ऊर्जा क्षेत्रको विकासबारे छलफल
-
हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू
-
ट्रेलरमा यस्तो देखियो ‘के घर के डेरा : घर नम्बर २’